काठमाडौं -गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् ।
मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले भने गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दाबी गरेका हुन । त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ ।
राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले बताए ।
पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीको दाबी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
