कपिलवस्तु -कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् ।
बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार मध्ये ४० जना घाईते भएकोमा २० जना सामान्य घाईते भएको जानकारी दिएको छ ।
सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
