Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरङमा सेप्टिक ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु


  • आइतबार, असार १५ २०७६

  • मोरङमा सेप्टिक ट्यांकमा निसास्सिएर  चार जनाको मृत्यु

    मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा सेप्टिक ट्यांकभित्र निसास्सिएर शनिबार चार जनाको मृत्यु भएको छ।
    प्रहरीका अनुसार सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो।
    प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५ वर्षीय मोहम्मद सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय ओसिव आलम छन्।
    घाइते भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डाम्रा मियाँ उपचारपछि घर फर्केका छन्। घाइते भएका सातै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएको थियो। उपचारका क्रममा चार जनाको मृत्यु भएको हो।
    सेप्टिक ट्यांकमा पसेको लामो समयसम्म कोही पनि ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा सबै बेहोस् थिए। तत्काल उद्धार गरेर प्रहरी सबैलाई अस्पताल लगेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij