काठमाडौं – उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ।
उपराष्ट्रपतिको कार्यालय आजदेखि औपचारिक रूपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो।
उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारदेखि कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ।
मन्त्रिपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत संभार सुरू गरिएको थियो।
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो। उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो। अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
