Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङको गल्छीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • शुक्रबार, असार ६ २०७६

  • धादिङको गल्छीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं– धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १२ जना घाइते भएका छन् ।
    शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो ।
    घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन् । त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता अधिकारीको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । उनको शव अहिले शिब दर्शन अस्तपाल धार्केमा नै रहेको प्रहरीले जनाएको छ ।
    ११ जना घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर पठाईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij