Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघको आग्रह


  • शुक्रबार, असार ६ २०७६

  • पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघको आग्रह

    काठमाडौं – सल्लेरी खवर डटकमका सम्पादक दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    असार ५ गते समाचार संकलनका क्रममा रहेका पत्रकार बस्नेतमाथि शैलेस श्रेष्ठ, सन्जय लामासहितका समुहले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।
    आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारमाथि दिन दाहाडै भएको सांघातिक आक्रमणले मुलुकमा पत्रकारको सुरक्षा अवस्था दयनीय रहेको थप प्रष्ट्याएको छ । महासंघ पत्रकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न सबैको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij