झापा- दमक वडा नं ७ मा रहेको एक थोक कपडा पसलमा गए राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।
व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएका बिएण्डबी सप्लायर्स होलसेल पसलमा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकले जनामइको छ ।
विद्युत् सर्ट भएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
