Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री आठ दिने युरोप भ्रमण सकेर फर्किए


  • आइतबार, असार १ २०७६

  • प्रधानमन्त्री आठ दिने युरोप भ्रमण सकेर फर्किए

    प्रधानमन्त्री केपी शर्मा ओली आठ दिने युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। आइतबार बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
    प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू विमानस्थल पुगेका थिए।
    जेठ २५ प्रधानमन्त्री ओली स्विट्जरल्याण्डको जेनेभा गएका थिए। त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए।  त्यसपछि उनी बेलायत गएका थिए। बेलायतमा रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग दुई पक्षीय भेटवार्ता गरेका थिए।
    बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स आएका थिए। त्यहाँ पनि उनी विभिन्न कार्यक्रममा सहभागी भएका थिए।  ओलीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलगायत पनि सहभागी थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij