जनकपुर – लोक कल्याणकारी विज्ञापनको भुत्तानी माग्दै शान्तीपूर्ण विरोधमा उत्रिएका सिराह र सप्तरीका नौ पत्रकारलाई जनकपुरमा पक्राउ गरिएका छ । हुलाक कार्यालयमा शान्तीपुर्ण विरोधमा गएका पत्रकारलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको छ ।

आज बुधबार दिउँसो ४ः३० बजे धुनषास्थित जिल्ला हुलाक कार्यालयमा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासद्द्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ गरिएका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
