काठमाडौँ – काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा बिहीबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
साइकललाई ठक्कर दिएको बा४१प ५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
