Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुरमा अढाई वर्षीय नाबालकको हत्या


  • बिहिबार, जेष्ठ १६ २०७६

  • जनकपुरमा अढाई वर्षीय नाबालकको हत्या

    जनकपुर -धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।
    वैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
    आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् ।
    प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।
    महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर वलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी साह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए ।
    पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij