काठमाडौं– आइतबार दिउँसो राजधानीका घट्टेकुलो र सुकेधारामा भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। सुकेधारामा घाइते भएका एक जनाको उपचारको क्रममा आइतबार साँझ निधन भएपछि मृतकको संख्या चार पुगेको हो। यसअघि घट्टेकुलो र सुकेधारामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सुकेधारा विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइते पाँच जनाको उपचार भइरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
