Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट डा. नवराज लम्साल सम्मानित


  • बुधबार, जेष्ठ ८ २०७६

  • ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट डा. नवराज लम्साल सम्मानित

    मकवानपुर- चलचित्र पत्रकार संघ मकवानपुरले संघ स्थापनाको दिन जेष्ठ ७ गते मनाउदै चलचित्र पत्रकारिता दिवसको अवसरका यो वर्ष ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी/कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा संघ मकवानपुर शाखाको आयोजनामा आज हेटौँडामा भएको कार्यक्रमकाबीच उहाँलाई नगद ११,१११ राशी सहित सम्मान गरेको हो । तिन दशकदेखि लामो समय नेपाली कला र भाषा र चलचित्र क्षेत्रमा कलम चलाउनु भएका डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन्, ।

    सोही अवसरमा यो वर्ष ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आउनु भएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई नगद ५ हजार राशीसहित पुरस्कृत गरिएको हो । हेटौंडाबाट विस २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालिमा नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशका पनि कार्यरत रहेका छन्, ।संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई चलचित्रकर्मी सम्मान २०७६ बाट सम्मान गर्ने निर्णय गरेको थियो । तर उहाँ पारिवारिक समस्याले कार्यक्रममा आउन असर्मथ रहे । उनलाई कुनै कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ का ससदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पूर्व महासचिव पोषण केसि, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट,चलचित्र पत्रकार संघका केन्द्रीय पूर्व कोषाध्यक्ष निराजन भण्डारी, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि हुमागाई, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी,निर्माण व्यवसायी तथा संघका सल्लाहकार आनन्दराम पराजुली, निर्माण व्यवसायी संघका अध्यक्ष श्याम ढकाल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कलाकार शोभिता सिम्खडा, मकवानपुरका कलाकार अमिर गौतम, शुसान्तकुमार श्रेष्ठ, उज्जवल शर्मा भण्डारी लगायत पत्रकार तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij