Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यानडाका लागि नवनियुक्त राजदूत भृगु ढुंगानाले लिए शपथ


  • बुधबार, बैशाख २५ २०७६

  • क्यानडाका लागि नवनियुक्त राजदूत भृगु  ढुंगानाले लिए शपथ

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
    आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
    राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलगायत उपस्थित थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij