ललितपुर – नयाँ व्यवस्थापनसहित उपत्यकामा रेडियो नेसन १०३.९ मेगाहर्जले औपचारिक रुपमा आफ्नो प्रसारण सुरु गरेको छ ।
विश्व प्रेस स्वतन्त्रताको अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रेडियो नेसनको औपचारिक समुद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै महर्जनले पत्रकारहरुले सबैलाई बाटो देखाउनुपर्ने बताए । पत्रकारहरुको अगाडी बोल्दा निकै सजग हुनुपर्ने भन्दै उनले देश विकास र परिवर्तनमा पत्रकारीताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले रेडियो नेसनलाई ललितपुर महानगरपालिकाको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यो रेडियो उद्घाटनको क्षण जीन्दगीको पानामा स्वर्ण अक्षरले लेख्ने उल्लेख गर्दै सफलताको कामना गरे ।

कार्यक्रममा बोल्दै पूर्व सांसद मदन बहादुर अमात्यले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेका कारण श्रोतामाझमा यसले चाँडै लोकप्रियता हासिल गर्ने बताए । उनले आप्mनो तर्पmबाट हरप्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले रेडियो नेसनले समग्र पत्रकारीता जगतको उत्थान गर्नेमा विश्वास व्यक्त गरे ।रेडियो नेसनका अध्यक्ष अमर अधिकारीले नाफा र घाटा भन्दा पनि एउटा राम्रो सञ्चारमाध्यम स्थापना गर्नु मुख्य कुरा भएको बताए । उनले सकारात्मक पत्रकारीतामा आपूmले जोड दिने जानकारी दिए ।
रेडियो नेसनका प्रबन्ध निर्देशक पुरुषोत्तम बस्नेतले आगामी एक वर्षभित्रै रेडियोले उल्लेख्य प्रगती गर्ने बताए । रेडियोहरुको भीडमा रेडियो नेसनको अलग्गै पहिचान हुने उनको दाबी थियो । कार्यक्रममा ललितपुरका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
