Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता -याली


  • बुधबार, बैशाख १८ २०७६

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता -याली


    काठमाडौं नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०१९ को पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥यालिको आयोजना गरेको छ ।
    काठमाडौंको बबरमहलदेखि शुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥यालि नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । महासंघका विभिन्न शाखाहरु, एशोसियट संस्थाहरुमा आवद्ध सयौं पत्रकार, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारसंग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अझैपनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताए ।
    उनले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्रका , नागरिकका अधिकार र राष्ट्रियताका लागि लड्दै आएको संस्था रहेको अवगत गराउदै आगामी दिनमा समेत लोकतन्त्र, प्रेस स्वतन्त्रता, तथा नागरिक अधिकारका लागि खरो ढंगले उत्रने स्पष्ट पारे । अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तिनै तहमा प्रेस स्वतन्त्रा मैत्री सञ्चार कानुन बनाउन , स्वरोजगारमूलक साना लगानीका सञ्चारमाध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रर्वद्धनका लागि महासंघ सबै सरोकारवालासंग हातेमालो गर्दै सबैको सुझाव र सल्लाहका आधारमा अघि बढ्न चाहेको बताए ।
    कार्यक्रममा नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल , प्रेस सोसाइटीका संयोजक केशव अर्याल , क्रान्तिकारी संगठन नेपालका अध्यक्ष बाबुराम भुषाल , डब्लुडब्लुजे की अध्यक्ष अम्बिका राजथला, सञ्चारिका समुहकी उपाध्यक्ष कमला पन्थी, क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत , लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला लगायतले ¥यालीमालाई ऐक्यबद्धता जनाउदै सभामा आफ्ना भनाईहरु राखेका थिए । उनीहरुले विभिन्न संघर्षहरुबाट प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाकालागि महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
    सभामा सर्वोच्च अदालतको आदेश विपरित अदालत परिसरबाट पक्राउ परी हिजो साँझ रिहा हुनुभएका पत्रकार जितेन्द्र्र महर्जनलाई महासंघले अभिनन्दन गरेको छ ।
    अभिनन्दन पछि पत्रकार महर्जनले आफ्नो रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाप्रति अभार प्रकट गर्दै आफुलाई यो घटनाले पत्रकारितामा लाग्न अझ बढि प्रेरित गरेको भन्दै आगामी दिन अझ बढि क्रियाशील हुने धारणा राखे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij