Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्डोनेशियामा चुनावको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु


  • सोमबार, बैशाख १६ २०७६

  • इन्डोनेशियामा चुनावको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु


    एजेन्सी – इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ।

    निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो।

    उनका अनुसार १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।

    निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए।

    उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नुपरेको स्वस्थ बिग्रिएको जनाइएको छ।

    झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो।

    १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए।

    आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपैयाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ।

    निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्ने जनाएको छ। (बिबिसीबाट)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij