काठमाडौँ– पोखरामा सक्रिय रहेका पत्रकार अर्जुन गिरीलाई बिधुतीय कारोबार ऐन लागएर मुद्दा लगाएको बिरोधमा नेपाल पत्रकार महासंघले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सिंहदरवार पुगेर सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली ध्यानाकर्षण गराएको हो ।
ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न माग गरेको छ ।
पत्रकार महासंघले बिहीबारै पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
