Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहसचिव राई र आईजीपी सर्वेन्द्र खनाल पुरस्कृत


  • बिहिबार, बैशाख ५ २०७६

  • गृहसचिव राई र आईजीपी सर्वेन्द्र खनाल पुरस्कृत

    काठमाडौं – गृह मन्त्रालयले बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।
    बिहीबार गृहमन्त्रालयमा एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ ।
    त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
    कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।
    गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।
    यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३-७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँमध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij