Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री निवासको जग्गामा झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्षसहित कार्यकर्ता पक्राउ


  • बुधबार, बैशाख ४ २०७६

  • प्रधानमन्त्री निवासको जग्गामा झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका  अध्यक्षसहित कार्यकर्ता पक्राउ

    काठमाडौं– बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत् सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij