Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पहिलोपटक जुगल हिमालको सफल आरोहण


  • बुधबार, चैत्र २७ २०७५

  • पहिलोपटक जुगल हिमालको  सफल आरोहण

    सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।
    उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले आज आरोहण गरेको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
    नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij