Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशको तीन वटा विधेयक प्रमाणीकरण


  • सोमबार, चैत्र २५ २०७५

  • गण्डकी प्रदेशको तीन वटा विधेयक प्रमाणीकरण

    पोखरा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणीकरण गरेका छन् । सोमबार ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक, प्रदेश औद्योगिक व्यवसाय विधेयक र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् ।
    ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक फागुन २७ गते प्रदेश औद्योगिक व्यवसाय विधेयक चैत १ गते र गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो ।
    पारित गरिएका तीन वटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत १ गते प्रमाणीत गरेका थिए । सभामुख अधिकारीले प्रमाणित गरेका तीन वटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij