भरतपुर – चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
