Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा ढिस्कोले पुर्दा स्काभेटर चालकको मृत्यु


  • सोमबार, चैत्र १८ २०७५

  • पाल्पामा ढिस्कोले पुर्दा स्काभेटर चालकको मृत्यु


    पाल्पा – पाल्पाको रामपुरमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा रहेका छन् ।
    कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडकमाथिबाट ढिस्को खसेको थियो ।
    सडकमाथिबाट खसेको माटोको ढिस्कोले लागेर घाइते थापाको उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij