Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्लाहीमा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


  • शुक्रबार, चैत्र ८ २०७५

  • सर्लाहीमा श्रीमानद्वारा  खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    सर्लाही– सर्लाहीको बरहथवा नगरपालिकामा गए राति श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
    नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आएकी थिइन् ।
    रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । यता श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरीसमक्ष वयान दिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij