Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलिदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्ला, पैसा तिर्न बैंकमै जानुनपर्ने


  • बिहिबार, चैत्र ७ २०७५

  • भोलिदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्ला, पैसा तिर्न बैंकमै जानुनपर्ने

    काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ ।
    १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ ।
    यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ ।
    रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी( अनिवार्य हुनेछ ।

    भोलिदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन पि्रन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।
    परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

    इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।
    यो वर्षको परीक्षा २०७५ सालको जेठ २५ र २६ गते हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
    एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भनर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

    https://youtu.be/glm1p07UpPQ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij