Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

होलीका उच्छृङ्खल गतिविधिमा संलग्न ५० जना पक्राउ


  • बुधबार, चैत्र ६ २०७५

  • होलीका उच्छृङ्खल गतिविधिमा संलग्न ५० जना पक्राउ

    काठामाडौँ– काठमाडौ प्रहरीले होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    पक्राउ पर्नेहरुले होली खेल्ने बहानामा जवरजस्ती रङ दल्ने र लोला हान्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष काठमाडौमा शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । यसैवीच काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
    मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij