Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुटवलमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


  • सोमबार, चैत्र ४ २०७५

  • बुटवलमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    बुटवल– मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ ।
    महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी १६ वर्षीया कमला बस्यालको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
    घाइते हुनेहरुमा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय सन्दीप पोख्रेल र कपिलवस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
    शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij