Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी मेडिकल कलेजको ताला खुल्यो


  • आइतबार, चैत्र ३ २०७५

  • गण्डकी मेडिकल कलेजको ताला खुल्यो

    काठमाडौं– गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन्।
    कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरंग विभागमा तालाबन्दी गरेकामा शनिबार प्रहरीको रोहवरमा ताला खोलेका हुन्।
    कानुनी प्रक्रियामा आफ्ना मागहरू प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको विद्याथीहरूले बताएका छन्।
    एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि सुरू हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरू ताला खुलाउन सहमत भएका हुन्।
    मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरूद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए।

    विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।
    कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij