Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इथियोपियन एयरलाइन्सको १४९ यात्रु सवार बोइङ विमान दुर्घटना


  • आइतबार, फाल्गुन २६ २०७५

  • इथियोपियन एयरलाइन्सको १४९ यात्रु सवार बोइङ विमान दुर्घटना


    एजेन्सी – केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।
    फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

    आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो । एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए ।

    एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij