Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाका दुवै अध्यक्षले मधेशमा हुने जनसभालाई सम्बोधन गर्ने


  • शुक्रबार, फाल्गुन २४ २०७५

  • नेकपाका दुवै अध्यक्षले  मधेशमा  हुने जनसभालाई सम्बोधन गर्ने

    काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई अध्यक्षले शनिबार मधेसमा सम्बोधन गनेृ भएका छन् । रौतहट जिल्लाको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
    दुई नम्बर प्रदेश कमिटीले पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि रौतहटमा जनसभा गर्न लागेको जनाएको छ ।
    पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण अन्यौलमा परेको छ । यसबीचमा सचिवालय बैठक बोलाउन नेताहरुले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा निस्कन लागेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij