Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरतमोहन अधिकारीको स्वास्थ्य गम्भीर


  • शनिबार, फाल्गुन १८ २०७५

  • भरतमोहन अधिकारीको स्वास्थ्य गम्भीर

    काठमाडौं – नेकपाका नेता एंव पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ ।
    उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।
    अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ ।
    पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ ।
    ‘वितेको २४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij