विराटनगर– भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको निधन भएको छ ।
गत माघ ६ गतेदेखि मस्तिष्क घातबाट पीडित पोखरेल काठमाडौं र विराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि विराटनगरस्थित निवासमै आराम गरिरहेका थिए । नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवासमेत रहेका पोखरेल बिहान करिब १ः३० बजे अस्वस्थ भएपछि विराटनगरकै नोबेल मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो ।
उनको जन्म सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा भएको थियो । न्यायाधीश शारदाप्रसाद पोखरेल र छायादेवीका साहिला छोरा बालकृष्णले १३ वर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काब्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।
कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष अध्यापन गराएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
