काठमाडौं– अबको ५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउने दाबी उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले गरेका छन्।
बिहिबार बबई गाउँपालिका वडा नं. ६ स्थित च्याँटी खोलामा निर्मित कुसुम हापुरे १३२ केभी प्रसारण लाईन आयोजनाको उद्घाटन गर्दे मन्त्री पुनले तीन वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने जिकिरसमेत गरे। त्यो उद्धेश्य पुरा गर्न सरकार नीतिका साथ काम गरिरहेको उनले बताए।
‘अस्ति मात्रै प्रधानमन्त्रीले डडेलधुरामा सवस्टेसन उद्घाटन गर्नुभयो, हिजो मैले कैलालीको पहलमान पुरमा उद्घाटन गरेँ र आज मैले बर्दियाको भुडिगाउँ र दाङको हापुरेमा शवस्टेसन उद्घाटन गरेँ अनि म भोलि सल्यानको सव स्टेनस उद्घाटन गर्न जाँदैछु। यो भनेको अब देश लोडसेडिङ मुक्त बन्दै गरेको लक्षण हो,’ पुनले भने।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ हरेक नेपालीलाई विद्युतको शेयर धनी बनाउने उद्धेश्य भएको भन्दै उनले कम्तिमा दश हजारदेखि दश लाखसम्मको शेयर हरेक जनताले किन्न पाउने व्यवस्था गरिने बताए।
राष्ट्र निर्माण केही मान्छेको सहभागिताले केही विदेशी लगानीमा मात्रै नभइ सारा देशवासीको लगानीमा देशलाई सम्वृद्धिमा लैजाने उनले बताए। यसले एकातिर हरेक नागरिक सम्वृद्धि बनाउने र अर्कौतर्फ देशलाई भावनात्मक एकतामा जोड्न मद्दत पुग्ने उनले बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
