Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाजिक सञ्जाल सदुपयोगमात्र गरौं: मन्त्री बाँस्कोटा


  • बिहिबार, फाल्गुन ९ २०७५

  • सामाजिक सञ्जाल सदुपयोगमात्र गरौं: मन्त्री बाँस्कोटा

    काठमाडौं– सामाजिक सञ्जाल हाइड्रोजन बम भएकाले यसको सदुपयोग गर्न आग्रह सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गरेका छन्।
    बिहीबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा भने, ‘सामाजिक सञ्जालको सदुपयोग समाज विकासको आधारशिला बन्न सक्छ, तर यसको दुरूपयोग कुनै हाइड्रोजन बमभन्दा कमी नहुन सक्छ।’
    समाजिक सञ्जालको दुरूपयोगले समाजमा गलत काम भएको र भ्रम फैलिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यसले साइबर सुरक्षामा समेत आघात पुर्‍याउने बताए। मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमाथि सरकारले अंकुश नलगाउने बताए। ‘जसले डिजिटल नेपालको परिकल्पना गर्छ उसले सूचना प्रविधिलाई कसरी खत्तम गर्नसक्छ,’ उनले भने।
    प्रविधिले मस्तिकमा प्रेम र विष दुबै सिर्जना गर्नसक्ने तर्क गर्दै उनले सरकारले नराम्रो कुरामाथि मात्र नियन्त्रण गर्न खोजेको जिकिर गरे। ‘कुनै ठाउँमा साइबर बुलिङ भयो भन्छ, त्यसको आधार केरु कसरी थाहा पाउनेरु कसले अनुसन्धान गर्नेरु के सजाय हुनेरु त्यसको सरकारसँग केही कानुन थिएन,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले त्यही कानुन बनाउन लागेको हो।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij