Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजस्वका अधिकृत रिजालले झण्डै ३ करोड अकुत सम्पत्ति जोडेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता


  • मंगलबार, फाल्गुन ७ २०७५

  • राजस्वका अधिकृत रिजालले झण्डै ३ करोड अकुत सम्पत्ति जोडेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं -राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई अकुत सम्पत्ति जोडेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ।
    विशेष अदालतमा सोमबार अख्तियारले रिजालविरूद्ध दुई करोड ९७ लाख ३८ हजार को भ्रष्टाचार मुद्दा दायर गरेको हो।
    उनीसँग विगो जफत गर्न, विगो बराबर जरिवाना गर्न र २ वर्षसम्म कैद गर्न अख्तियारले माग गरेको छ।
    अख्तियारका अनुसार रिजाल र उनको परिवारको नाममा रहेको जम्मा सम्पत्ति चार करोड ९४ लाख २४ हजार थियो। त्योमध्ये उनको वैध आय एक करोड ९६ लाख ८६ हजार मात्र रहेको अख्तियारको ठहर छ।
    अख्तियारले उनकी श्रीमतीलाई पनि प्रतिवादी बनाएको छ। स्रोत नखुलेको सम्पत्ति श्रीमती स्वस्थानी रिजालको नाममा राखेकाले जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
    रिजालले २०४० मा सरकारी सेवा प्रवेश गरेका थिए। सुरूमा उनी खानेपानी तथा ढल विकासमा अस्थायी कर्मचारी थिए। ०४१ सालमा खरिदार भएर उनी भूमिसुधार विभागमा गए। २०७५ सालमा उनी राजस्व विभाग कार्यालय ललितपुरको शाखा अधिकृत पदबाट अनिवार्य अवकास लिएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij