Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाको अर्वनमा नेपाली समाज


  • सोमबार, फाल्गुन ६ २०७५

  • अस्ट्रेलियाको अर्वनमा नेपाली समाज

    अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको कम्बरल्यान्ड काउन्सिलमा पर्ने अर्वन क्षेत्र नेपालीहरुको बाहुल्यता भएको क्षेत्र हो । प्रारम्भमा मध्यपुर्वकोे लेबनीज समुदायको गढ मानिने अर्वन वरपर मात्र करिब पाँंच हजार नेपाली बसोबास गर्दैआएका छन । अहिले पछिल्लो गणना अनुरुप पाँंच हजार तिन सय नेपाली यस क्षेत्रमा बसोबास गर्छन । सीड्नी शहरवाट तिस मिनेटको ट्रेन यात्रामा पुगिने यो ठाँंउ नेपाली बिध्यार्थीहरुको पनि हब नै हो ।  यस क्षेत्रमा चारवटा नेपाली ग्रोसरी र चारवटा नेपाली रेस्टुरेन्ट पनि मज्जाले चलेका छन यहाँं ।
    यसै क्षेत्रमा आइतबार अभिभावक, सामाजिक अभियन्ता तथा बिध्यार्थीहरुको भेलाले आवयश्कता महशुस गर्दै अर्वन नेपाली समाज गठन गरेका छन । अर्वन पार्कमा स्वस्फुर्त जम्मा भएका करिब तिन सय नेपालीहरुले नेपाली भाषिको हक र हितमा काम गर्न समाजको आवश्यकता रहेको महसुस गर्दै अशोक उप्रेतीको अध्यक्षतामा समाजको गठन गरेको हो । भेलाले समाजको उपाध्यक्षमा बिपीन थापा र राजु गिरी तथा महासचिबमा मनोज अधिकारी तथा कोषाध्यक्षमा जितेन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । समाजको कार्यसमितीमा कार्यक्रम संयोजकमा रविन्द्र कुमार शर्मा, महिला संयोजकमा अन्जु थापा, युवा संयोजकमा रुपक बुढाथोकी, खेलकुद संयोजकमा बिरेन्द्र बलामी र अभिभावककोतर्फवाट जित गोपालीलाई संयोजक तोकेको छ । यस्तै समाजका सदस्यहरुमा आषिश अधिकारी, युदिका कुवर, हमेन्त घिमिरे, दिनेश गिरी, उद्धव पोखरेल, तुलसी भुषाल, प्रतिक सिग्देल, कृष्ण सुबेदी,सन्तोष आचार्य, भुपेन्द्र कडेंल, विपीन अधिकारी चयन भएका छन । समाजको भेलाले समाजिक अभियन्ता दिनेश पोखरेल,राजकुमार श्रेष्ठ, सन्चारकर्मी मनऋषी धिताल, रमेश बािनया,देबेन्द्रराज भन्तना र शसी राइलाई सल्लाहकारका रुपमा चयन गरेको छ ।
    एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, सन्चारकमी डिल्ली ढकाल, नयाका अध्यक्ष प्रकाश खरेल, एनएडीएफका सचिब थानु शाक्य, एनआरएनका स्टुडेन्ट वेलफेयरका संयोजक कोमल पाठकलगायतले निर्बीरोध निर्वाचित समाजका पदाधिकारीलाई खादालाएर बधाइ ज्ञापन गरेका थिए । गठनपछि अध्यक्ष अशोक उप्रेतीले नेपालीहरुको घनाबस्ती भएको अर्वन क्षेत्रमा आपसी सदभाव र भातृत्वका लागि पनि समाजको आवश्यकता रहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij