Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशका दुई विधयेक प्रमाणिकरण


  • आइतबार, माघ २७ २०७५

  • गण्डकी प्रदेशका दुई विधयेक प्रमाणिकरण

    पोखरा -गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् । ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का पाँच÷पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका हुन् ।
    गण्डकी प्रदेश सभाले माघ ८ गते पारित गरेका दुई विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले माघ १५ गते प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
    नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।
    गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं सूचना अधिकारी विश्व प्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको जानकारी दिए । सूचना अधिकारी न्यौपानले बाँकी चारप्रतिमध्ये आईतबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij