पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पुर्याइएका नेम्बाङको इलाममै मृत्यु भएको हो ।
वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका उनलाई तत्काल उपचारका लागि इलाम तर्फ लगिएको थियो । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट नेम्बाङ विजयी भएका थिए । साहित्यकारसमेत रहेका नेम्बाङ पाँचथरका अब्बल क्षमताका मानिन्थे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
