Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघ सभापति नैनसिंह महरसहित छ जना पक्राउ


  • मंगलबार, माघ २२ २०७५

  • नेविसंघ सभापति नैनसिंह महरसहित छ जना पक्राउ

    काठमाडौं– सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरलाई प्रहरीले पक्राउ गरेको छ।
    नेविसंघ कास्कीका कार्यकर्तालाई प्रहरी, प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महरसहित उपसभापति नवीन राईलगायत छ जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो। उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।
    गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए। सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन्। उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij