Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा महानगरको गाडी जलाउने ५ जना पक्राउ


  • आइतबार, माघ २० २०७५

  • पोखरा महानगरको गाडी जलाउने ५ जना पक्राउ

    कास्की -पोखरा महानगरपालिकाको गाडी जलाउने कार्यमा संलग्न ५ व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
    पक्राउ परेका ५ जना नै नेविसंघका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
    पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेका छन् । उनीहरूलाई पोखरा लेकसाइड बाराही गल्लीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    उनीहरूले आज दिउँसो गुडिरहेको पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए। आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij