Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


  • आइतबार, माघ ६ २०७५

  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    काठमाडौं–कागेश्वरी मनहरा नगरपालिका – ४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा मनिष श्रेष्ठ समेत ९ जनालाई नगद १७ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन पयौँटार बस्ने राधा तामाङको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा धनुषा जनकपुरधाम-१ का ३० वर्षीय जितेन्द्र थापा मगर समेत ४ जनालाई नगद १९ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij