Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ – नेता खनाल


  • शुक्रबार, माघ ४ २०७५

  • राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ – नेता खनाल

    काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताएका छन् ।

    भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आज हेरेपछि उनले घटनाका दोषी हालसम्म पत्ता नलागेकामा चिन्ता व्यक्त गरे ।

    नेता खनालले भने, ‘वर्ग सङ्घर्ष तीव्र भएको समयको त्यो घटना गम्भीर र दुःखद् हो तर हामीहरु निराश हुनुपर्ने अवस्था छैन । अरू देशको पूर्व, पश्चिम, उत्तर र दक्षिण कैयौँ बर्बरिक जन्मिएका छन् । राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ ।’

    लेखक प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रुपान्तरण गरिएको र हाल कुञ्ज थिएटर, काठमाडौँमा प्रदर्शित सो नाटकमा भण्डारीको मृत्युको अन्तिम दुखान्त दृश्य प्रदर्शन भइरहेको छ । नेता भण्डारीको अगुवाइमा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ विचारले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराएको थियो । भूमिगतकालमा भण्डारीलाई ‘बर्बरिक’, ‘भीष्म’ आदि नामले चिनिन्थ्यो ।

    तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij