काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ ।
विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई कारवाही गरेको हो ।
ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
