म्याग्दी– म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी ४ जनाको मृत्युु भएको छ भने ३६ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ ।
अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
