Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नुवाकोटका युवती बेच्ने युवकलाई २० वर्ष कैद फैसला


  • बिहिबार, माघ ३ २०७५

  • नुवाकोटका युवती बेच्ने युवकलाई २० वर्ष कैद फैसला

    नुवाकोट-युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक युवकलाई अदालतले २० वर्ष कैद सजायको फैसला गरेको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । १८ वर्षीया युवतीलाई तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । वि.सं २०७१ १९ कात्तिकमा हराएकी युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।
    फरार आरोपी तामाङलाई प्रहरीले काठमाडौँबाट २०७३, १७ मङ्सिरमा गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij