Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने


  • मंगलबार, माघ १ २०७५

  • २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

    काठमाडौं -विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
    समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
    यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ।
    विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन्।
    सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उनले जानकारी दिए। दसैं, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij