सिराहा– एपीएफ टोलीले टोलीले शनिबार बिहान करिब दुई बजे सिराहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको हो।
काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरूको साथमा सुन फेला परेपछि पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरूमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ मा बस्ने ३२ वर्षीय गाडी चालक मोहम्मद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काँचो सुन, सोही ठाउँ बस्ने २८ वर्षीय मोहम्मद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षीय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूसँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय मोहम्मद हकिम, २४ वर्षीय मोहम्मद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षीय मोहम्मद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ।
टोलीले उनीहरूको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल सेटसमेत बरामद गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
