Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान


  • शुक्रबार, पुष २७ २०७५

  • प्रधानसेनापति पूर्णचन्द्र थापा  भारत प्रस्थान

    काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान भारत प्रस्थान गरेका हुन् ।
    भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नेछन् ।
    सन् १९५० बाट सुरु भएको यो प्रचनअनुसार सेना प्रमुखमा नियुक्ति भएपछि औपचारिक निमन्त्रणा गरी मानार्थ महारथीको दज्र्यानीबाट सम्मान गरिन्छ ।
    प्रधानसेनापतिको नियुक्तिपश्चात्को थापाको यो पहिलो विदेश भ्रमण हो ।
    भारतीयस्थल सेनाध्यक्षको मानार्थ दज्र्यानी चिन्ह ग्रहण गर्न प्रधानसेनापति थापा भारत जान लागेका हुन् । दुवै देशका प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।
    साथै, उनले भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
    प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij