Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा राई नियुक्त


  • मंगलबार, पुष २४ २०७५

  • संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा राई नियुक्त

    काठमाडौं– सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूताबासबाट फिर्ता बोलाएको थियो ।
    राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो ।
    तर सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने इच्छा व्यक्त गरेपछि राईले अवसर पाएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij